धनगढी, २७ वैशाख । धनगढी–सुदूरपश्चिममा आरएनए एक्पेक्सन किट अभावका कारण थ्रोट स्वावको जाँच रोकिएको छ।
परीक्षण बन्द भएपछि शंस्कास्पद ५५ जनाको संकलन गरिएको थ्रोट स्वाव थन्किएका छन। सुदूरपश्चिममा दुई वटा पिसिआर मेसिन भएपनि परीक्षण अत्यन्त सुस्त गतिमा हुँदा भारतबाट फर्केका र क्वारेन्टाईनमा बसेका अधिकाशंको परीक्षण नै हुन सकेको छैन।
सुस्त परीक्षण भैरहेकोमा किट अभाव हुँदा त्यो पनि बुधवारदेखि बन्द भएको हो। चीनबाट ओम्नी समूहले ल्याएको पिसिआर मेशिन सुदूरपश्चिममा पठाइएको थियो।
गुणस्तर कम हुँदा यो मेशिनमा दिनभरी ४, ५ जनाको मात्र थ्रोट स्वाव जाँच हुने सुस्त गति भएपछि कृषी तथा पशुपंक्षी मन्त्रालयमा रहेको बढी जाँच क्षमताको आरटीपिसिआर मेसिन ल्याएर धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको थियो।

यो मेशिनवाट ४ घण्टामा ९६ जनाको नमुना परीक्षण हुने क्षमता भएपनि परीक्षण अत्यन्त न्युन हुने गरेको थियो। औसत दिनमा ३० जतीमात्र परीक्षण गरेर अहिलेसम्म धनगढीमा ६ सय ३३ जनाको नमुना जाँच भएको प्रयोगशाला प्रमुख रमेश शाहीले बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।




