advertisement

कृषि मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंको कालिमाटी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेको छ । पोखरामा विगत ६ महिनादेखि नै परीक्षण रोकिएकाले विषादी परीक्षण नगरी तरकारी बजारमा पठाउने गरिएको छ । काठमाडौंको कालिमाटीस्थित दु्रत परीक्षण पनि गत असोजदेखि नै बन्द छ, नाकामा नै परीक्षण हुने भएकाले कालिमाटीको इकाइ बन्द गरिएको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> भारतको विषादी तरकारी सीधै नेपालीको भान्सामा, नेपाली किसानको तरकारी खेतबारीमै कुहिँदै - Sarbocha Media

भारतको विषादी तरकारी सीधै नेपालीको भान्सामा, नेपाली किसानको तरकारी खेतबारीमै कुहिँदै

`

     २०७७ वैशाख २५ गते २:३३

एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण पनि बन्द भएको छ । कीटनाशक विषादी परीक्षण गर्ने किट नै सकिएकाले राजधानीलगायतका क्षेत्रमा एक सातादेखि परीक्षण ठप्प छ ।

किसानले फलाएको काँक्रो व्यापारीले नकिनिदिएपछि खेतमा कुहिँदै गएको छ । परीक्षण गर्ने किट वर्षमा कति चाहिन्छ भन्ने हिसाब हुन्छ । तर, सरकारले पर्याप्त तयारी नगर्दा लकडाउन सुरु भएको डेढ महिनामै कीटनाशक विषादीको परीक्षण ठप्प भएको छ । भारतबाट आएको तरकारी विषादी परीक्षणविना सीधै नेपालीको भान्सामा पाकिरहेको छ ।

advertisement

कृषि मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंको कालिमाटी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेको छ । पोखरामा विगत ६ महिनादेखि नै परीक्षण रोकिएकाले विषादी परीक्षण नगरी तरकारी बजारमा पठाउने गरिएको छ । काठमाडौंको कालिमाटीस्थित दु्रत परीक्षण पनि गत असोजदेखि नै बन्द छ, नाकामा नै परीक्षण हुने भएकाले कालिमाटीको इकाइ बन्द गरिएको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?