advertisement

अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

" /> विद्यालयको कम्प्युटरसहित चार लाख बराबरको चोरी - Sarbocha Media

विद्यालयको कम्प्युटरसहित चार लाख बराबरको चोरी

`

     २०७७ वैशाख २४ गते ६:५७

दैलेख, २४ वैशाख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ ।

दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ । प्रहरीले दोषी खोजिरहेको जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करिब चार लाख बराबरको चोरी भएको बताउनुभयो ।

advertisement

अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?