एजेन्सी, २३ वैशाख । बन्द ढोका भित्र हुन लागेको प्रिमियर लिग खेलहरु युट्युवमा निशुल्क देखाउन दिने भएको छ ।
कोरोना भाइरसको महामारीमाको बीच हुने खेल युट्युवमा निशुल्क देखाउन पाइने योजना बनाएको जनाइएको छ । खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्टस टिभी र युट्युवमा देखाउने सम्बन्धी छलफल भइरहेको छ ।

फुटबल क्लबका मालिकहरू सबै खेल दर्शकहरुले प्रत्यक्ष हेर्न पाउनु पर्छ भन्ने पक्षमा रहेका छन् तर कोरोना महामारीको कारण दर्शक विना नै खेल सुरु गर्न बाध्य हुने भएको छ ।




