advertisement

परिसर प्रवक्ता होबिन्द्र बोगटीले ६५ वर्षको इतिहासमा पहिलोपटक हिरासत कक्ष खाली भएको बताए। ‘उपत्यकाको सबैभन्दा बढी भीड हुने प्रहरी कार्यालय यही हो, यहाँ नै सुनसान भएपछि अरु प्रहरी कार्यालय सुनसान हुने नै भए’, उनले भने, ‘यो एकदमै राम्रो पक्ष हो।’ उनका अनुसार भूकम्पका बेला पनि परिसरमा थुनुवा र जाहेरी संख्यामा कमी आएको थियो तर शून्य नै भने थिएन। यो खबर आजको नागरिक दैनिकमा छ ,।

" /> ६ दशकपछि हिरासत रित्तो भएपछि मर्मत तथा रङ लगाउने कार्य हुँदै - Sarbocha Media

६ दशकपछि हिरासत रित्तो भएपछि मर्मत तथा रङ लगाउने कार्य हुँदै

`

     २०७७ वैशाख २१ गते १:५२

काठमाडौं, २१ वैशाख । सेवासुविधाका हिसाबले अग्रपंक्तिमा रहेको काठमाडौं उपत्यका आपराधिक गतिविधि गर्नेका लागि पनि ‘अखडा’ मानिन्छ। झन्डै ४० लाख जनसंख्या रहेको उपत्यकाका प्रहरी कार्यालय प्रायः सधैं अस्तव्यस्त रहन्थे।

हिरासत कक्ष कोचाकोच हुनेगरी भरिन्थे। लकडाउन सुरु भएको ३८ दिन पुग्दा भने उपत्यका अपराधमुक्तजस्तै बनेको छ। यस अवधिमा सामान्य किसिमका बाहेक गम्भीर अपराध भएका छैनन्।

सबैभन्दा बढी भीडभाड हुने महानगरीय प्रहरी परिसर हनुमानढोका अहिले शान्त छ। बुधबारदेखि परिसरको हिरासत कक्ष पनि खाली भएको छ। परिसरका अनुसार यो हिरासत कक्षमा दैनिक एक सय ४० जनाभन्दा बढी थुनुवा हुन्थे। अहिले थुनुवा कोही पनि नभएपछि प्रहरीले हिरासत कक्षमा मर्मत तथा रङ लगाउने कार्य गरेको छ।

advertisement

परिसर प्रवक्ता होबिन्द्र बोगटीले ६५ वर्षको इतिहासमा पहिलोपटक हिरासत कक्ष खाली भएको बताए। ‘उपत्यकाको सबैभन्दा बढी भीड हुने प्रहरी कार्यालय यही हो, यहाँ नै सुनसान भएपछि अरु प्रहरी कार्यालय सुनसान हुने नै भए’, उनले भने, ‘यो एकदमै राम्रो पक्ष हो।’ उनका अनुसार भूकम्पका बेला पनि परिसरमा थुनुवा र जाहेरी संख्यामा कमी आएको थियो तर शून्य नै भने थिएन। यो खबर आजको नागरिक दैनिकमा छ ,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?