advertisement

‘म सबै कुरा मान्छु। मैले पार्टी र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने कुरामा गल्ती गरेँ। जे–जे गरेँ मैले ठिक गरिन। त्यसका लागि म गम्भीर आत्मआलोचना गर्छु’, ओलीलाई उधृत गर्दै एक सदस्यले सुनाए, ‘म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडि जान्छु। तपाईहरूले पनि आफ्ना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस्। अब एकतावद्ध भएर जाऔ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> पधानमन्त्री ओलीले राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू यस कारण पछि हटे - Sarbocha Media

पधानमन्त्री ओलीले राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू यस कारण पछि हटे

`

     २०७७ वैशाख २१ गते १:१३

काठमाडौं, २१ वैशाख । पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकपा नेताले पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको भन्दै गत १७ वैशाखको सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए। तर, शनिबारको बैठकमा भने एकाएक देखिएको नेताबीचको मेलमिलाप नीतिपछि नेताहरूका असन्तुष्टि र आक्रोश मत्थर मात्र भएको छैन, प्रधानमन्त्री तथा अध्यक्ष ओलीदेखि सबै नेताले आ–आफ्ना कमजोरी स्वीर्कादै आत्मआलोचना समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए। उनले विगतमा सरकारबाट पार्टीलाई छलेर कतिपय निर्णय गर्दा कमजोरी भएको र अबका दिनमा त्यसरी नजाने प्रतिवद्धतासहित आत्मआलोचना गरेको सचिवालयका एक सदस्यले जानकारी दिए।

advertisement

‘म सबै कुरा मान्छु। मैले पार्टी र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने कुरामा गल्ती गरेँ। जे–जे गरेँ मैले ठिक गरिन। त्यसका लागि म गम्भीर आत्मआलोचना गर्छु’, ओलीलाई उधृत गर्दै एक सदस्यले सुनाए, ‘म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडि जान्छु। तपाईहरूले पनि आफ्ना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस्। अब एकतावद्ध भएर जाऔ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?