advertisement

‘आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । यो खबर आजको नयांपत्रिकामा छ ।

" /> मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिएको प्रधानमन्त्रीको आरोप - Sarbocha Media

मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिएको प्रधानमन्त्रीको आरोप

`

     २०७७ वैशाख २० गते १:३७

काठमाडौं, २० बैशाख । दुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् ।

शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता अभिव्यक्ति यस्तो वेला सार्वजनिक भइरहेको छ, जुनवेला नेकपाभित्रको लामो समयदेखिको अन्तरविरोध अध्यादेश प्रकरणसँगै नयाँ मोडमा पुगेको छ र पार्टीभित्र बलियो समूहले उनको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट सचिवालय बैठकमै राजीनामा मागेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार आएको प्रधानमन्त्रीको पछिल्लो वक्तव्यलाई पनि त्यसैको शृंखलाको कडीका रूपमा हेरिएको छ । वक्तव्यमा उनले अप्ठेरो परिस्थितिको मौका छोपेर अस्थिरता मच्चाउन खोजिएको आरोप मात्र लगाएका छैनन्, त्यस्तो गलत उद्देश्यका साथ भइरहेको प्रयासलाई किमार्थ सफल हुन नदिइने आफ्नो रणनीति र मनस्थिति दुवै देखाएका छन् ।

advertisement

‘आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । यो खबर आजको नयांपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?