बुटवल, १७ जेठ । अर्घाखाँची भुमिकास्थन नगरपालिका–९ का ३१ वर्षीयाले जेठ सात गते आमालाई फोन गरे। ‘आमा यहाँ काम बन्द भयो, म त्यतै आउँछु, एकदुई दिनभित्र हिँड्छु होला।’
भारतको अहमवादमा होटलमा कुकको काम गर्ने उनी कहिले आउलान भन्ने प्रतिक्षामा थिए घरका परिवार। जेठ ९ गते उनी नेपाल आउने रिजर्भ बस चढे।
१० गते बिहान ८ बजे श्रीमतीलाई फोन गर्दै भनेका थिए,‘म बसमा आउँदैछु, १२ बजेसम्म त्यही आइपुग्छु होला, चिन्ता लिनु पर्दैन।’ १४ वर्षदेखि भारतमा काम गर्दै आएका उनी गत वर्षको दसैंको टिका लगाएर फर्किएका थिए।
छोरो आउने भएपछि आमाले छिमेकीलाई कहाँको क्वारेन्टाइनमा राख्ने होला भन्दै मेसो मिलाउँदै थिइन्। दुई वर्षीया छोरा र ६ वर्षीया छोरी, आमा, श्रीमती उनी आउने बाटो कुरिरहेका थिए। उनले बाटोमा आउँदा समेत घरमा फोन गरेका थिए।

‘अर्घाखाँचीका धेरै जना नै छौं, बसमा आउँदैछौं, उनले भनेका थिए। त्यसो भनेको एक घण्टापछि छिमेकी विष्णु पौडेललाई खवर आयो,‘उनको बाटैमा ज्यान गयो।’ यो खबर अन्नपूर्ण पोस्टमा छ ।




