वि.सं.२०७७ साल जेठ १४ । बुधबार । ईश्वी सन् २०२० मे २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– पंचमी,४३ घडी १९ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पुनर्वसु , ०२ घडी ४१ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त तिष्य । योग– वृद्धि,५० घडी ०५ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– बव,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आमा तथा आफन्तबाट भने जस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : गलत लेखाई अथवा गलत बुझाईले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । यात्राको गर्दा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथि सँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आर्थिक दृष्टिले दिन मध्ययम रहेकोछ भने अधुरा योजनाहरु पुरा गर्न समय लाग्नेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । पढाई लेखाई प्रविधिको प्रयोग गरि उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : पढाई लेखाई बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पढाई लेखाईमा प्रतिष्पर्धिहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथि सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानि कम हुनेछ । असम्यम् व्यबहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पति पत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला ।




