कैलाली, १३ जेठ । विश्वभर कोरोना महामारी चलिरहेको छ । अहिले त मानिसहरुलाई कोरोनाको भन्दा पनि भोकको पीडाले ज्यान जाने डर बढेको छ । त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।
कोरोना रोकथामका लागि सरकारले लगाइएको लकडाउनको कारण बादी महिलामा कुनै काम छैन । पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भएको उनीहरु बताउँछन् ।

महिलाहरु भन्छन् , “बादी समुदायमा बस्दै आएकी यमुना बादीले भनिन्, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।” गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् ।




