advertisement

गत शनिबार पनि ९ जना संक्रमितलाई डिस्चार्ज गरी घर पठाइएको थियो । त्यसअघि पहिलो पटक बैशाख १४ गते २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए । सोमबार साँझ निको भइ अस्पतालबाट डिस्चार्ज गरिएका ४३ मध्ये २४ पुरुष र १ महिला हुन् । तीमध्ये वीरगन्जका २ पत्रकार पनि छन् ।

सोमबार डिस्चार्ज हुनेमा पर्साको वीरगन्ज महानगरपालिकामा घर भएका २८ जना, पर्साको छिपहरमाइ गाउँपालिकाका ७ जना, पर्साकै धोबीनी गाउँपालिकाका ६ जना, सर्लाहीका १ र भारतका १ जना नागरिक छन् ।

अस्पतालमा ल्याएर राखिएपछिको २ पटकको पिसिआर रिपोर्ट लगातार नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले ४३ जना सबैलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिए ।

आइसोलेसनमा रहेका सबै संक्रमित निको भइ घर फर्किएपछि सोमबारदेखि नारायणी अस्पताल कोरोना संक्रमितबाट मुक्त पनि भएको छ । सोमबार साँझ ४३ जनालाइँ डिस्चार्ज गरी घर पठाइएपछि नारायणी अस्पतालको आइसोलेसन खाली भएको मेसु उपाध्यायले बताए ।

‘कोरोनालाइ जितेर ३ दिनमै ७० जना निको भइ घर फर्किनु भएको छ । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> तीन दिनमा ७० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज - Sarbocha Media

तीन दिनमा ७० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

`

     २०७७ ज्येष्ठ १३ गते १:२०

वीरगन्ज, १३ जेठ । वीरगन्जमा तीन दिनमै ७० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

सोमबार मात्रै वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत ४३ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किए । यसअघि आइतबार राति वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शीशु र १० बालबालिका सहित १८ जनालाई डिस्चार्ज गरिएको थियो ।

advertisement

गत शनिबार पनि ९ जना संक्रमितलाई डिस्चार्ज गरी घर पठाइएको थियो । त्यसअघि पहिलो पटक बैशाख १४ गते २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए । सोमबार साँझ निको भइ अस्पतालबाट डिस्चार्ज गरिएका ४३ मध्ये २४ पुरुष र १ महिला हुन् । तीमध्ये वीरगन्जका २ पत्रकार पनि छन् ।

सोमबार डिस्चार्ज हुनेमा पर्साको वीरगन्ज महानगरपालिकामा घर भएका २८ जना, पर्साको छिपहरमाइ गाउँपालिकाका ७ जना, पर्साकै धोबीनी गाउँपालिकाका ६ जना, सर्लाहीका १ र भारतका १ जना नागरिक छन् ।

अस्पतालमा ल्याएर राखिएपछिको २ पटकको पिसिआर रिपोर्ट लगातार नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले ४३ जना सबैलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिए ।

आइसोलेसनमा रहेका सबै संक्रमित निको भइ घर फर्किएपछि सोमबारदेखि नारायणी अस्पताल कोरोना संक्रमितबाट मुक्त पनि भएको छ । सोमबार साँझ ४३ जनालाइँ डिस्चार्ज गरी घर पठाइएपछि नारायणी अस्पतालको आइसोलेसन खाली भएको मेसु उपाध्यायले बताए ।

‘कोरोनालाइ जितेर ३ दिनमै ७० जना निको भइ घर फर्किनु भएको छ । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?