advertisement

बास्तवमा जेष्ठ पुर्णिामा नै असार पुर्णिामा ग्रह स्थिति अनुसारभई सकेको र अहिले हामिले नाम मात्र परिवर्तन गर्नु पर्ने अवश्था सिर्जना भएको छ दुई दुई नक्षत्र सारी पर्व सुधार गरेको प्रमाण पाईन्छ जसलाई मन्वन्तर परिवर्तन भनिन्छ कृतिका बाट आश्वनि नक्षेत्रमा सारेको र हामिले पुर्व भाद्द पदमा सर्नु पर्ने बाध्यता सिर्जना भई सातौ बाट आठौँ सावणि मन्वन्तर मान्न जरूरि भई सकेको छ अत् सुद्व समयमा चाडपर्व मनाउने नेपाली नागरिकको मौलिक अधिकार समान गदै नेपाल सरकार एव पचाग निणरयक समितिलाई जन दवाव सिर्जना गरौ जेष्ठ पुर्णिामा लाई असार पूर्णिामा मानि धर्म कर्म शुद्ध समयमा गुरु पुणिमा दक्षिणयन मुर्ति पूजा गर्ने बानि बसालौ ।

पर्व सुधार अभियानता पर्व समय सुधार राष्ट्रिय समाज नेपाल महासचिव बलराम श्रेष्ठ

" /> समय सुधार गरी जेठ पुर्णिामा मै गुरु पूर्णिमा दक्षिणयन मुर्ति पूजा गरौ - Sarbocha Media

समय सुधार गरी जेठ पुर्णिामा मै गुरु पूर्णिमा दक्षिणयन मुर्ति पूजा गरौ

`

     २०७७ ज्येष्ठ १२ गते ५:४१

परापूर्व कालदेखि हामिले मनाईरहेका चाडपर्व हरूको काल समय सुद्व मनाईरहेका छौ त भन्नेबारे आज हामी सम्पूर्णले सोच्नु पर्ने बेला भइसकेको छ ।

१. हाल पात्रोको अवस्था

हाल साउन संक्रान्ति र निरयण संक्रन्ति अलग –अलग चान्द्र महिना वा पुर्णिामा क्षेत्रमाहरूमा पुगिसकेको छ । फलित ज्योतिषले प्रयोग हुने साउन लग्न कुन्डली ,र निरयण चन्द्र राशि कुन्डलिमा मेल छैन । अयनाशको अधिकतम सिमा १५ अंश हो । २१५० बर्ष मा ३० अंश दिनको फरक पर्न जाने र हाल २४ अशंको फरक भइ आफ्नो सीमा उल्ङगन भैसकेको छ । तेस्रो शताब्दीमा बराहमिरले बैद्वाग वैदिक ज्योतिषमा कृतिकाबाट आश्वनाद्वि सारी सुर्य सिद्धान्त बमोजिम एक महिना करिव सुधार गरे तत् पश्चात् सुधार हुन बाँकि रहेको छ ।

२. पात्रो सुधार किन आवश्यक

हिन्दु, बौद्व दर्शन को बिवेचना अनुसार पृथ्वीबाट इन्दिय , चन्द्र बाट मन र बुद्धि ,सुर्यबाट आत्मा हुन्छ भन्ने विश्वास छ । हाल हाम्रो पात्रो व्यवस्था पृथ्वी बाट उत्पन्न ऋतु संग संकान्ति र तिथि परिचालित नमिलेको कारणबाट इन्दियको शक्ति कोहि अभाव हुला मन र बुद्धि बिगेर अर्थिक , भौतिक विकाश हुुन नसकेको अनुमान गर्न सकिन्छ । यो सुधार पछि नैतिकता को स्थापना हुनुका साथै भौतिक वा आर्थिक बिकासमा उल्लेख हुनेछ भन्न सकिन्छ

३. समाधान कस्तो चाहियो त ?

हाम्रो हाल प्रचलित अधिकांस प्रथम १ गतेनै पर्ने संकान्तिको सहयोगबाट चन्द्र तिथिको अथव (ऋतु सम्बन्धी) सामान्जस्य कायम राख्ने व्यवस्था भएकोले यो पद्धति उत्कृष्ट छ । यो उत्तम व्यवस्था कायमै राखी पर्वहरूको आतव मानलाई भङ्ग गर्ने अयनाशको असर मात्र बाट जोगाउने समाधान चाहिएको छ ।

४. पर्व सुधार राष्ट्रिय कार्यदल २०६३ वि.सं. को प्रतिवेदनको मूल मर्मः

अधिकांस एक महिने हद पर्वहरुले उल्लघंन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अघि सरीसकेको हुँदा धर्मशास्त्र अनुसारका पर्वहरु मनाउँदा शुभफल प्राप्त नहुने यकीन गर्दै उल्लघंन भएको भन्ने ज्योतिष उपसमिति तथा धार्मिक उपसमितिबाट प्रतिवेदन प्राप्त भएकोले सोही प्रतिवेदन अनुरुपको प्रस्ताव अनुसार पर्वहरुको समय एक महिना अगाडि सार्ने निर्णय हो । उक्त कार्यदलले सिफारिस गरेको आधारमा नेपाल सरकार मन्त्री परिषदबाट मिति २०६५र०९र१६ मा निर्णय भएको जसमा वि.स. २०६६ को सौर्य चैत्र महिनालाई हटाई सो को सट्टा वि.स. २०६७ को वैशाख सुरु गर्ने ।

वि.स. २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण महिना सरह गरी चान्द्र पर्वहरु एक महिना वर तान्ने उल्लेख थियो । हाम्रा चाडपर्वहरु पहिले आकाशीय ग्रहस्थितीसंग ठ्याक्कै मिल्ने गथ्र्यो। तर विगत केही वर्षदेखि सो मिल्न छोडेकोले यसलाई सुधार गर्न खोजिएको हो । पर्व सुधार भन्नु पञ्चाङ्ग सुधार, पात्रो सुधार, क्यालेण्डर सुधार वा समय सुधार पनि हो ।

५. चौबिस दिन मात्र सरेकोमा एक महिना नै किन सार्ने?

प्रचलित पञ्चांग अनुसार हाल सौर्यमासलेचौबिस दिन मात्र सरेको पाइए तापनिचान्द्रमासले सिङ्गो एक पूर्णिमा नै वरसरीसकेको हुँदा प्रचलित पञ्चांग अनुसारका पर्वहरु र धर्मशास्त्र एक आपसमा बाझिएको स्थिति विद्यमान रहेको हुंदा एउटा अधिकमासलाई सामान्य महिना सरह मानेर सौर महिना पनि एक महिना वर सार्नु अत्यावश्यक हुन्छ ।

त्यसरी एक महिना वर सारिंदा ऋणात्मक ६ दिनको अन्तर हुन्छजुन चान्द्र पर्वहरुको आधारमा विचार गर्दा अशुद्धि नमानिने र चान्द्रले खेल्ने १५–१५ दिनको क्रिया भित्र नै परेकोले यस अन्तरलाई अशुद्ध छ भन्न मिल्दैन ।

६. पर्वसुधार गर्दा एक अधिक मास छोडन मिल्छर ?

वेदांगज्योतिष अनुसार ३८ वर्षमा १५ अधिकमासको सट्टा १४ अधिकमासमात्र मान्ने चलन भएको सबैलाई ज्ञात नै होला । पञ्चांग पात्रोको गणना मिलाउन अधिकमास छोड्न मिल्छ ।

सौरमानले वा चन्द्रमानले मात्रै क्यालेण्डर बनाउनेहरुका लागि अधिकमासको झमेला पर्दैन । जस्तोकि, क्रिस्चियनहरु चन्द्रमानलाई व्यवहारमा ल्याउदैनन् । सौरमानले मात्र व्यवहार गर्दछन् भने मुसलमानहरु चन्द्रमानले मात्र व्यवहार गर्दछन् र सौरमान व्यवहृत गरेका हुंदैनन्।

क्रिश्चियन र मुसलमानहरुको लागि अधिकमासको कुनै अर्थ छैन भने सौर्यमान र चन्द्रमानको समन्वयमा अति सूक्ष्म दृष्टिले गणना गर्दै निर्माण हुने वैज्ञानिक पञ्चांग पात्रोमा अधिकमासको आवश्यकता रहन्छ । यसरी निर्माण हुने पात्रोमा पञ्चांगको गणना समय मिलाउने क्रममा करीव ३३ महिनामा एउटा अधिकमास लिने गरिन्छ भने ऋतुगत अयन चलन मिलान गर्ना निमित्तगणना समायोजन हेतु एउटा अधिकमास छोड्ने चलन पनि छ ।

७. हाम्रो पात्रो किन वैज्ञानिक ?

हाम्रो पञ्चांग पात्रोहरु धार्मिक, सांस्कृतिक एवं सामाजिक कृत्यव्यवहृत गर्नको लागि तिथि, वार, नक्षत्र, योग र करणका साथै अन्य आवश्यक तत्वहरु सबैलाई मिलान गरेर निर्माण भएका हुन्छन् जसबाट शुभसमयमा कर्म गर्दैसत्यमार्ग अपनाएर मोक्ष प्राप्त गर्नु नै हो र यसका निमित्त समय समयमा अधिकमास लगायत अयन चलनमा सुधारेर पक्ष वा महिना समायोजन गरिएका हुन्छन् । तसथर्, सौरमान र चन्द्रमान दुबै प्रयुक्त हुने हाम्रा पञ्चांग पात्रोहरु अन्य क्यालेण्डरहरु भन्दा धेरै फरक र अति सूक्ष्म तरिकाले निर्माण हुने हुंदा अतिवैज्ञानिक छन् ।

८. पहिले अयन वा समय सुधारेको प्रमाण छ त ?

(क) अथर्ववेद संहितामा “भानुराश्लेषा अयन मघा मे” भनि उल्लेख गरेको पाइएको हुँदा उसबेला अयन मघा नक्षत्रमा रहेको थियो भन्ने बुझिन्छ । यदि मघामा अयन रहेको भए त्यसवेला उत्तरायन विन्दु माघपूर्णिमामा रहेको भन्ने स्पष्ट हुन्छ ।

करिव ३३०० वर्ष अगाडि वेदांगज्योतिषले धनिष्ठाको शुरुबाट अर्थात् माघशुक्ल प्रतिपदादेखी उत्तरायन शुरु हुन्छ भनि एक पक्ष सारेको पनि देखिन्छ । त्यसरी नै, आजभन्दा १६०० वर्ष अगाडिआचार्य वराहमिहिर समेतले कर्कटको शुरु अर्थात् पुनर्वसुको तेस्रोपाउमा दक्षिणायन विन्दुलाई सारेको र उत्तरायन विन्दुलाई पौष पूर्णिमाक्षेत्रमा कायम गरेको कुरा उनकै बृहत्संहिताबाट बुझिन्छ ।

यसबाट हाम्रो इतिहासमा लामो अवधिसम्म एउटै अयन मानेर निरयन पद्धति अपनाइ आएको देखिन्छ र सिंगो एक चान्द्रपक्ष माघ पूर्णिमाबाट पौष पूर्णिमामा सारेको पाइएको छ । मकरराशि देखि रात छोटिंदै दिन बढ्दै जाने र कर्कराशीदेखि रात बढ्दै दिन छोटिंदै जाने कुरा वराहमिहिरले पञ्चसिद्धान्तिकामा नक्षत्रादिच्छेद प्रकरणको आठौं श्लोकमा सो उदाहरण उल्लेख गरेकाले उनले केवल दक्षिणायन र उत्तरायनको उल्लेख मात्र गरेका छैनन, प्रयोगै गरेका हुन भन्ने प्रमाण मिल्छ ।

उसबखत संक्रान्तिको प्रचलन नभएको हुँदा एक एक पक्ष अयन सार्नु तर्कयुक्त नै देखिए पनि हाल संक्रान्तिद्धारा चान्द्रमहिनाहरु नियन्त्रण गर्ने गरिएकोले अयनसंक्रान्ति वा पूर्णिमालाई सिंगो एक महिना अगाडि सार्नु पर्ने एक मात्र विकल्प देखिन्छ । यसरी नै हामीले हाम्रो धार्मिक तथा ज्योतिष परम्परालाई निरन्तरता दिन सकिन्छ ।

(ख) हाल प्रचलित सिद्धान्त ज्योतिषको चान्द्र महिनाहरु सौर महिनासँग मिलाउँदा केही पर्वहरु पूर्णिमान्त हिसावले मिलाएको भएतापनि धेरै पर्वहरु भने वेदांग ज्योतिषको पर्वहरु अमान्त रुपमै कायम रहेका छन् । उदाहरणार्थ, वेदांग ज्योतिषको समयका वैशाखशुक्ल तृतियालाई यथावत् नै राखिएको हुँदा सो को विषुवत् मान्यता अझै कायम छ भन्न मिल्ने देखिन्छ । यसको अलावा धार्मिक पर्वहरु अमान्त महिनाको हिसावले राखिंदा र अमान्त महिनाको विषुवत्, पूर्णिमान्त महिनाको विषुवत् भन्दा १५ दिन पछाडि नै पर्ने भएकोले हालको सुधारलाई थप टेवा नै पुग्नेहुन्छ ।

(ग) हाल एक महिना अगाडि सार्ने विषय केही रुपमा सयांै वर्षअघिदेखि नै प्रचलनमा रहेको यथार्थ मार्ग शीर्ष पूर्णिमा यःमधिपुन्हि र ज्येष्ठपूर्णिमा ज्यापुन्हिलाई क्रमशः लामो रात छोटो दिन र लामो दिन छोटो रात मान्ने परम्परा लगायतचान्द्रअयन विन्दुहरुलाई एउटा चान्द्रमास वर सारेर श्रीरातोमत्स्येन्द्रनाथलाई ६ महिना उत्तरायनतर्फ र ६ महिना दक्षिणायनतर्फ स्थानान्तरण गराउने प्रचलन पनि अद्यापीसम्म रही आएको छ ।

९. पर्वसमय बिग्रेर के हुन्छ त हामीलाई ?

पर्वसमय बिग्रंदा तिथि मितिमा आधारित सम्पूर्ण चाडपर्व, संस्कार, जात्रा, मेला, धार्मिक अनुष्ठानादि समेतमा असर परी चिना टिप्पण एवं शुभसाइत वा शुभमुहूत्र्तादि कृत्यको मान्यतामा पनि अगति परी आशाजनक पुण्यफल प्राप्त नहुने मात्र होइन कि कालान्तरमा ऋतुगत कालमानबिग्रिने क्रम बढ्दै गई वैशाख ज्येष्ठमा जाडो र पुष माघमा गरम महिनाहरु पर्न जाने हुन्छन् ।

त्यसरी नै विषुवत् कर्म स्नान्का बिषय लगायत उत्तरायन र दक्षिणायन पनि फरक परी विवाह, व्रतबन्धादि शुभ कर्महरु दक्षिणायनमा गर्नुपर्ने स्थिति र उत्तरायन महिना भने खाली रहने स्थिति हुनेहुन्छन् । यस्तो अवस्थामा सम्पन्न भएका पर्वहरुबाट मिल्नु पर्ने कुनै पुण्यफल प्राप्त हुन सक्दैन ।

१०. पूर्णिमासरेको सर्वसाधारणहरुले कसरी थाहा पाउने ?

पूर्णिमास¥यो की सरेन भन्ने कुरा थाहा पाउनको लागी ठूलै ज्योतिष वा पण्डित हुनु जरुरी छैन । सर्वसाधारणले पनि यो कुरा सजिलै थाहा पाउन सकिन्छ ।

कारण, कथित श्रावण १ गते देखि सूर्य दक्षिणायन लाग्छ भन्ने मान्यताको आधारमा असार पूर्णिमाले श्रावण १ गतेको अगाडि पछाडि खेल्ने भएकोमासो अचेल असार ७ गते नै सूर्य दक्षिणायनमा लागिसकेको प्रत्यक्ष रुपमा नांगो आंखाले देख्न सकिन्छ ।

असार ७ गतेको अगाडि पछाडि असार पूर्णिमाले खेल्यो की जेष्ठ पूर्णिमाले खेल्यो भनी विगतका केही वर्षदेखि २०७५ सालको पात्रो अध्ययन गरेमा पनि थाहा लाग्छ ।

११. धर्म शास्त्र मा भएको व्यवस्था

भागवत स्कन्ध ९ अध्यय ३ मा यसको व्यवस्था ब्राह्माजिले हास्दै कुकुदमीलाई भन्नुभयो ुु हे राजन् तिमिले पृथ्वी छोडेबाट अहिले २७ महायुग बितिसक्यो आफ्नो कन्या हाल लीला देखाईराख्नुहुने बलदेवलाई देउ भनी रेवतिलाई बलराम अथात शेषनाराण रूपी अधिकमासको बिषुव मान्यतासंग जोडेको पाइन्छ ।

पहिलो चन्द्र महिना चैत्रमै मलमासको बिषुवत् अनुभुति व्याख्या गरेको वुझिन्छ । उपरोक्त सुर्य सिधाान्तको कथनलाई समर्थन गर्दै भागवतले मन्वन्तर परिवर्तन गरी आश्वनद्वि सातौं मन्वन्तर सुरू गरी २७ अशंलाई २७ महायुगको संज्ञा दिएको र दुवै कुरा केही घन्टा भित्रै भएको स्पष्ट हुन्छ । कृतिकादिबाट आश्वनि मा २ नक्षत्र वर सारेको मा करिव १८५० बर्ष लाग्ने लाई मानव दिनमा २ नक्षत्र सर्न कररिव २ घन्टा मात्र लाग्दछ ।

१२. पर्व समय सुधार राष्ट्रिय समाज नेपाल ले गरेको कार्य एव मागहरू

२०३१ देखि २०७४ सम्मको पात्रो अध्ययनका आधारमा पूर्णिमाक्षेत्रमा आएको विचलनका बिषयमा तहां मिति २०७४।९।१७ गते दर्ता नं.१४०९ मा निवेदनपत्र परेका कारण मिति २०७४।९।२१ मा नेपाल पञ्चाङ्ग निर्णायक समिति गणित उपसमिति र हामी समेतको संयुक्त बैठक बसी छलफलबाट वि.सं.२०७५ र वि.सं.२०७६ का पात्रोहरूमा मंसिरपूर्णिमा योमरीपुन्हीलाई छोटो दिन सम्बद्ध पूर्णिमा र ज्येष्ठपूर्णिमा ज्याःपुन्हीलाई लामो दिन सम्बद्ध पूर्णिमा भनी पात्रोहरूमा उललेख भैआएको हो ।

(क) २०३१ साल देखि २०७७ सालसम्म १७ अधिकमास परेकोे, वैशाख २ पटक, जेष्ठ ५ पटक, श्रावण ४ पटक, भाद्र ३ पटक, आश्विन ३ पटकपरेको सर्वप्रथम २०७५ सालमा लामो दिन सम्बन्ध ,छोटो दिन सम्बन्ध पुर्णिामा लेख्ने बेला अधिकमास परेको थियोे

(ख) नेपाल पञ्चाङ्ग निर्णायक समिति बाट स्वीकृत हुने पात्रोहरु केको आधारमा स्वीकृत भैरहेका छन् भन्ने कुरो जान्न, बुझ्न र सो ठीक बेठीक, शुद्ध अशुद्ध तथ्य प्रमाण जाँच गर्न समेत अध्ययन अनुसन्धान गर्नका निमित्त सूचनाको मौलिक हक अन्तर्गत इच्छुक सर्वसाधारणजन सबैको पहुंचमा पञ्चांग पात्रो गणनाका उक्त मूलसूत्र सर्वसुलभ तवरले उपलब्ध हुनुपर्छ ।

(ग) जनस्तरबाट प्रकाशित वि.सं.२०७७ को ज्वाला पञ्चाङ्गमा असार १ लामो दिनको संक्रान्ति, ज्येष्ठपूर्णिमा लामो दिनको पूर्णिमा, पौष १ छोटो दिनको संक्रान्ति र मंसिरपूर्णिमा योमरीपुन्ही छोटो दिनको पूर्णिमा भनी मिल्ने गरी उल्लेख भएको छ ।

(घ) नेपाल पञ्चाङ्ग निर्णायक समिति र पञ्चाङ्गकारहरु २०७३, २०७४ र २०७५ सालमा गरिएको निर्णयमा पछि हट्नुको कारण यस समाजले छोटो दिन सम्बद्ध पूर्णिमा योमरीपुन्ही उत्तरायण र लामो दिन सम्बद्ध पूर्णिमा ज्येष्ठशुक्ल पूर्णिमा ज्याःपुन्ही आबद्ध निरयण संक्रान्ति क्रमशः पौष १ र असार १ मा लेखाउन पहल गरिएपछि सोबाट छलछाम गरी भाग्न वा लुक्न वद्नीयत चिताइ असान्दर्भिक रुपमा अकस्मात् घडी पलाको कुरा उठाइ षड्यन्त्रमूलक ढंगले विषयान्तर गर्न खोजेको मात्र हो । ४ सय वर्ष अगाडी श्री निवास मल्लको पालामा पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन तयार गर्दा र २०७४ सालमा निर्णय गर्दा पनि घडिपलाको कुरा नआएको ।

(ङ) २०७७ सालको निर्णयले गर्दा ७ महिना उत्तरायण र ५ महिना दक्षिणायन हुने शास्त्रीय प्रमाण कहाँ छ ?

(च) नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट आफ्नै पात्रो प्रकाशन गरी बिक्री वितरण गर्नुपर्ने अहिले पनि सस्कृत मन्त्रालय मा हामो अभियान मुद्वा रहेको छ ।

१३. जेष्ठ पुर्णिामा नै गुरु पुर्णिामा गर्न सक्छौ त?

advertisement

बास्तवमा जेष्ठ पुर्णिामा नै असार पुर्णिामा ग्रह स्थिति अनुसारभई सकेको र अहिले हामिले नाम मात्र परिवर्तन गर्नु पर्ने अवश्था सिर्जना भएको छ दुई दुई नक्षत्र सारी पर्व सुधार गरेको प्रमाण पाईन्छ जसलाई मन्वन्तर परिवर्तन भनिन्छ कृतिका बाट आश्वनि नक्षेत्रमा सारेको र हामिले पुर्व भाद्द पदमा सर्नु पर्ने बाध्यता सिर्जना भई सातौ बाट आठौँ सावणि मन्वन्तर मान्न जरूरि भई सकेको छ अत् सुद्व समयमा चाडपर्व मनाउने नेपाली नागरिकको मौलिक अधिकार समान गदै नेपाल सरकार एव पचाग निणरयक समितिलाई जन दवाव सिर्जना गरौ जेष्ठ पुर्णिामा लाई असार पूर्णिामा मानि धर्म कर्म शुद्ध समयमा गुरु पुणिमा दक्षिणयन मुर्ति पूजा गर्ने बानि बसालौ ।

पर्व सुधार अभियानता पर्व समय सुधार राष्ट्रिय समाज नेपाल महासचिव बलराम श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?