advertisement

उनले, आफूले बोलोकी केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै लेखेकी छिन्–‘मैले बोलको शब्दहरुको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिती खडा भएकोमा म क्षमाप्रार्थी छु । अब, आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल जय नेपाली ।’

" /> नेपाल – भारत सीमा बारेको अभिव्यक्तिले अभिनेत्री वर्षा राउतमाथि गालीको वर्षात - Sarbocha Media

नेपाल – भारत सीमा बारेको अभिव्यक्तिले अभिनेत्री वर्षा राउतमाथि गालीको वर्षात

`

     २०७७ ज्येष्ठ ११ गते ६:५१

काठमाडौं, ११ जेठ । अभिनेत्री वर्षा राउत पनि नेपाल – भारत सीमा विवादमा परेकी छिन् । सीमाबारे राउतको अभिव्यक्ति यतीखेर सामाजिक संजालमा भाइरल भइरको छ । सीमा विवाद अभिव्यक्तिले गर्दा दर्शक भट्किएका छन् । र उनीमाथि गालीको वर्षात भएको छ।

राउत आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनी चर्को आलोचनामा परेकी छिन् । उनले एक युटुबमा दिएको अन्र्तवार्तामा–‘दुई देशको मिडियाले झगडाको माहोला बनाउँदा भारतीय साथीसँग आफूलाई बोल्न पनि अप्ठ्यारो भएको बताएकी थिइन् । सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा पनि मागेकी छिन् ।

नायिका राउतले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्–‘कलाकार हुँ, त्यसमाथि भावूक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्र्तवार्तामा लिएर जुन हो–हल्लागरियो । यसले मलाई भावानात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रशारण भैरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकँे होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मन भित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकती पनि चुकेकी छैन । अलिकती पनि तल–माथि परेकी छैन ।’

वर्षाले आफू नेपाली भएकोमा गर्व छ पनि भनेकी छिन् । वर्षा अगाडि लेख्छिन्–‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्शा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।’

वर्षाले दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नेपर्ने भन्दै हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक रहेको खुलाएकी छिन् ।

उनले, यस्तो समयमा केही भड्काउ व्यक्तिहरुले आक्रामण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छिन् । वर्षाले भनेकी छिन्–‘दुई देशको अन्तरदेशीय सम्बन्ध विगार्न भड्काउ तत्वहरु लागेका छन् । जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरुबाट पनि देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

advertisement

उनले, आफूले बोलोकी केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै लेखेकी छिन्–‘मैले बोलको शब्दहरुको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिती खडा भएकोमा म क्षमाप्रार्थी छु । अब, आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल जय नेपाली ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?