advertisement

पर्यटन व्यवसायीहरू यतिबेला पहिले यही क्षेत्रमा टिक्नसक्ने वातावरणको आशमा छन् । सन् २०२० मा अब कुनै पनि पर्यटकीय गतिविधि नहुनेमा उनीहरू ढुक्क छन् ।

महामारीको शृङ्खला कति लम्बिने हो, त्यसको यकिन नहुँदाको दोधारमा पनि छन् उनीहरू । त्यसैले बजेटबाट कम्तीमा २० अर्ब रुपियाँ बराबरको राहत प्याकेज आउनुपर्ने माग पर्यटन व्यवसायीको छ । “यो क्षेत्रमा आश्रित कर्मचारीलाई पलायन हुन नदिन पनि त्यति रकम बराबरको रोजगार संरक्षण कोष बजेटबाट आउनुपर्छ,” शाह भन्नुहुन्छ ।

ब्याजदर, व्यवसाय सञ्चालनका लागि तिर्नुपर्ने भाडा र भविष्यको अनिश्चितताले पनि गाँजेको छ पर्यटन व्यवसायीलाई । यो खबर आजको गोरखापत्रमा छ ।

" /> बजेटबाट कम्तीमा २० अर्ब बराबरको राहत प्याकेज आउनुपर्ने पर्यटन व्यवसायीको माग - Sarbocha Media

बजेटबाट कम्तीमा २० अर्ब बराबरको राहत प्याकेज आउनुपर्ने पर्यटन व्यवसायीको माग

`

     २०७७ ज्येष्ठ १० गते २:१२

काठमाडौँ, जेठ १० । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ ।

व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा टिक्ने आधार बजेटले बनाइदिनुपर्छ । अन्यथा पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था आउन सक्छ, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्नुहुन्छ ।

advertisement

पर्यटन व्यवसायीहरू यतिबेला पहिले यही क्षेत्रमा टिक्नसक्ने वातावरणको आशमा छन् । सन् २०२० मा अब कुनै पनि पर्यटकीय गतिविधि नहुनेमा उनीहरू ढुक्क छन् ।

महामारीको शृङ्खला कति लम्बिने हो, त्यसको यकिन नहुँदाको दोधारमा पनि छन् उनीहरू । त्यसैले बजेटबाट कम्तीमा २० अर्ब रुपियाँ बराबरको राहत प्याकेज आउनुपर्ने माग पर्यटन व्यवसायीको छ । “यो क्षेत्रमा आश्रित कर्मचारीलाई पलायन हुन नदिन पनि त्यति रकम बराबरको रोजगार संरक्षण कोष बजेटबाट आउनुपर्छ,” शाह भन्नुहुन्छ ।

ब्याजदर, व्यवसाय सञ्चालनका लागि तिर्नुपर्ने भाडा र भविष्यको अनिश्चितताले पनि गाँजेको छ पर्यटन व्यवसायीलाई । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?