advertisement

प्रहरीका अनुसार पक्राउ परेका चापागाई २०७२ जेठ २४ गते निलिमा महर्जन र आकृति डंगोलसँग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

उनीमाथि खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक–पटक गरी दुई लाख रुपैयाँ लिएको आरोप पनि छ।

यस्तै उनले आफूलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए बताएर कारागार तथा प्रशासन कार्यालयमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको तथा प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ । उनको ठगीमा सर्वसाधरण मात्र नभई प्रमुख जिल्ला अधिकारी र जेलर समेत परेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

" /> वहुरुपमा ठगी गर्दै आएका चापागाई पक्राउ - Sarbocha Media

वहुरुपमा ठगी गर्दै आएका चापागाई पक्राउ

`

     २०७७ ज्येष्ठ ०८ गते २:३५

काठमाडौं, ८ जेठ । वहुरुपमा ठगी भन्दा चलाउँदै आएका तारकेस्वर नगरपालिका–३ बालाजुका ४५ वर्षीय जग्गा व्यवसायी राजकुमार चापागाईं पक्राउ परेका छन् ।

पछिल्लो समय आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बताएर विभिन्न व्यक्तिलाई ठगी गर्दै हिंड्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चापागाईको साथबाट सशस्त्र प्रहरीको डीएसपीको नक्कली परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ ।

उनले बिभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनेर ठगी गर्ने गरेका थिए । चापागाईलाई पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसँग एक लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

advertisement

प्रहरीका अनुसार पक्राउ परेका चापागाई २०७२ जेठ २४ गते निलिमा महर्जन र आकृति डंगोलसँग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

उनीमाथि खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक–पटक गरी दुई लाख रुपैयाँ लिएको आरोप पनि छ।

यस्तै उनले आफूलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए बताएर कारागार तथा प्रशासन कार्यालयमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको तथा प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको प्रहरीले जनाएको छ । उनको ठगीमा सर्वसाधरण मात्र नभई प्रमुख जिल्ला अधिकारी र जेलर समेत परेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?