काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी ओलीले देशभरका क्वारेन्टाइनको अवस्था सुधार गर्न निर्देशन दिएका छन्।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालय अनुगमनका लागि बुधबार छाउनीस्थित कार्यालय पुगेका प्रधानमन्त्रीले क्वारेन्टाइनको व्यवस्थापनमा देखिएका समस्याका विषयमा चासो राख्दै अवस्था सुधार गर्न निर्देशन दिएका हुन्।
मुलुकभरका क्वारेन्टाइनमा २३ हजार २ सय २ जना छन्। ‘देशभरका क्वारेन्टाइनको अवस्था राम्रो नभएका खबर आइरहेका छन्, क्वारेन्टाइनमा बसेका बाहिर निस्केर हिँडेका कुरा पनि आइरहेका छन्, किन त्यसो भइरहेको छ रु , क्वारेन्टाइनको व्यवस्थापनमा उल्लेख्य सुधार गर्नुहोस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने।
ओलीलाई त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसमेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले अहिलेसम्मका अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए। विदेशबाट सरकारले नागरिक ल्याउन गरेको तयारीका विषयमा पनि सीसीएमसीले अहिलेसम्म गरेको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याएपछि राखिने क्वारेन्टाइनका विषयमा क्षमता वृद्धि गर्न र आवश्यक तयारी गर्न प्रधानमन्त्रीले त्यस अवसरमा निर्देशन गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




