advertisement

नेपाल र भारतबीच सीमाको विषयमा सल्टाउन बाँकी रहेको सीमालगायतको विषयमा अन्तर्राष्ट्रिय उडान खुलेको एक साताभित्र वार्ता गरिसक्ने गरी छलफल भइरहेको दिल्लीस्थित अधिकारीले पनि बताए।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि ताकेता गरिरहँदा यस्तो नतिजा बाहिर आएको हो। यो खबर आजको अन्नपूर्णमा छ ।

" /> नेपाल-भारत सीमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने - Sarbocha Media

नेपाल-भारत सीमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने

`

     २०७७ ज्येष्ठ ०५ गते १:१६

काठमाडौं, ४ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ।

भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ।

‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल(भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ।’

भारतीय पक्षले लामो समय लगाएरै भए पनि वार्ताका लागि सकारात्मक जवाफ दिनुलाई आफ्नो पहलकदमी र दलहरूको एकवद्ध स्वरलाई कारक मानेका छन् परराष्ट्र अधिकारीले।

advertisement

नेपाल र भारतबीच सीमाको विषयमा सल्टाउन बाँकी रहेको सीमालगायतको विषयमा अन्तर्राष्ट्रिय उडान खुलेको एक साताभित्र वार्ता गरिसक्ने गरी छलफल भइरहेको दिल्लीस्थित अधिकारीले पनि बताए।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि ताकेता गरिरहँदा यस्तो नतिजा बाहिर आएको हो। यो खबर आजको अन्नपूर्णमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?