वि.सं.२०७७ साल वैसाख ३१ । बुधबार । ईश्वी सन् २०२० मे १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– षष्ठी,११ घडी १२ पला,बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– उत्तरषाढा,०८ घडी ३१ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त श्रवण । योग– शुभ,०० घडी २५ पला,बिहान ०५ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण– वणिज,बिहान ०९ बजेर ४७ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर ५४ मिनेट उप्रान्त बव । आनन्दादिमा– वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आफन्त तथा परिवारका साथ समय व्यातित गर्न सकिनेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : लामो समयदेखि रोकिएका कामहरु सुचारु गर्न सकिनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाईमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथमा समय व्यातित हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : स्वास्थ्य सम्वन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा,आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुदा मन प्रशन्न हुनेछ । वन्द भएका उद्योगमा खोलेर काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । भरसक यात्रा नगर्नुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरमाईलो महशुस हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रविधिको प्रयोग गरि अध्ययन गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । तरपनि समय प्रतिकुल रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।




