काठमाडौं, १८ वैशाख । नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्याखर्याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामो भूमिका बाँध्दै ओलीलाई भने, ‘तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो। अब दुवै पदबाट राजीनामा दिनुहोस्।’‘ल ठीकै छ’, प्रधानमन्त्रीको जवाफ थियो, ‘म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु।
संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। अनि, पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं।’त्यसपछि गृहमन्त्री रामबहादुर थापा आवेशमा आए। ‘तपाईंहरू दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक छन्।
पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेका बेला तपाईंहरू अनावश्यक लफडामा फसिरहनुभएको छ’, उनले भने। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




