advertisement

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए। नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए। दाहाल र नेपालनिकट २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रूपमा दुई अध्यादेश ल्याएका थिए। चौतर्फी विरोधपछि ओलीले पाँच दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए। पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ

" /> बैठकबाटै ओलीको विकल्प खोज्ने तयारी - Sarbocha Media

बैठकबाटै ओलीको विकल्प खोज्ने तयारी

`

     २०७७ वैशाख १५ गते १:०७

काठमाडौं,१५ वैशाख । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्।

उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।

advertisement

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए। नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए। दाहाल र नेपालनिकट २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रूपमा दुई अध्यादेश ल्याएका थिए। चौतर्फी विरोधपछि ओलीले पाँच दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए। पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?