advertisement

घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताउनुभएको छ । ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

" /> असिनापानीले बालीनालीमा ठूलो क्षति, दुई घाइते - Sarbocha Media

असिनापानीले बालीनालीमा ठूलो क्षति, दुई घाइते

`

     २०७७ वैशाख १३ गते ५:११

सर्लाही, १३ वैशाख । सर्लाहीमा हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पु¥याएको छ ।

शुक्रबार दिउँसो हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् ।

असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन् । असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पु¥याएको हो ।

असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पु¥याएको छ । हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पु¥याएको स्थानीयवासीले जनाएका छन् ।

यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते हुनुभएको वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिनुभयो ।

advertisement

घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताउनुभएको छ । ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?