advertisement

स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ । यो खबर आजको गोर्खापत्र दैनिकमा छ ।

" /> एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने - Sarbocha Media

एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने

`

     २०७७ वैशाख ११ गते १:४०

काठमाडौँ, वैशाख ११ । कोरोना भाइरसका सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ ।

कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।

advertisement

स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ । यो खबर आजको गोर्खापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?