वि.सं.२०७७ साल वैसाख ०९ । मंगलबार । ईश्वी सन् २०२० अप्रिल २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– चतुर्दशी,अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा,१३ घडी ११ पला,बिहान १० बजेर ५२ मिनेट उप्रान्त रेवती । योग– वैधृति,४० घडी ५५ पला,बेलुकी ०९ बजेर ५८ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,साझ ०४ बजेर ३९ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १९ पला । पञ्चक। मातातिचह्रे पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । रोजगारीका अवसरहरु बन्द हुनेछन् । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । व्यापारमा मन्दि आउँने तथा घाटा हुनेछ । कृषी तथा पशुपालन व्यावसायमा लगानी गरि आगामी दिनमा आम्दानी बढाउँन सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पढाई लेखाईमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदि बहिनी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न हुनेछ । परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । औैषधीजन्य र खाद्यान्को व्यावसायबाट लाभ लिन सकनेछ भने अन्य व्यावसायबाट घाटा लाग्नेछ । अध्ययनमा मन जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ । बाहिरि वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरि अध्ययन गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा भने मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसायमा मन्दि आउँनेछ । नीति नियम तथा कानुनको पालन गर्नुहोला । पढाई लेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।




