जुम्ला, ८ बैशाख । लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ ।
मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।

सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।




