advertisement

प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको हो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> सामाखुसीको पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटियो - Sarbocha Media

सामाखुसीको पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटियो

`

     २०७७ वैशाख ०७ गते २:१२

काठमाडौँ, वैशाख ७ । नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको खबर नेपाल आयल निगमलाई प्राप्त भएको छ ।

यसबारे सत्यतथ्य पता लगाउन अनुसन्धान सुरु भइसकेको छ भन्नुभयो । उहाँले पेट्रोलमा कति मात्रामा पानी भेटिएको हो रु कसरी त्यस्तो भयो रु त्यस विषयमा अनुसन्धान तथा छानबिन सुरु भएको बताउनुभयो ।

advertisement

प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको हो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?