advertisement

सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उहाँको कोठालगायत उहाँका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।

" /> कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित र पैसा चोरी - Sarbocha Media

कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित र पैसा चोरी

`

     २०७७ वैशाख ०४ गते ६:२७

बझाङ, ४ बैशाख । नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ ।

कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उहाँले बताउनुभयो ।

advertisement

सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उहाँको कोठालगायत उहाँका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?