काठमाडौं, ४ बैशाख । देशका केही भागमा आज बिहाना मौसम बदली भएर वर्षा भएको छ ।
देशका विभिन्न स्थानहरुमा हावाहुरीसंगै पानी र असिना परेको छ । आज बिहान गोकर्नेश्वर नगरपालिको नयाँपाटी, बूढानिलकण्ठ क्षेत्र, काठमाडौ उपत्यका बाहिर पोखरा र काभ्रेको बनेपा लगायतका क्षेत्रहरुमा पानीसंगै असिना पनि परेको थियो ।

हाल देशभरि स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव परेकोले मौसममा बदलाव आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले भने मौसम सफा हुँदै गएको छ ।




