advertisement

उनीहरु भन्छन् हामीसँग अहिले भोक छ। त्यो पूरा गर्न अभाव छ। यसैले त सयौं किलोमिटरको पैदल यात्रा उनीहरुले तय गरे।

चार दिन अघि काठमाडौं र भक्तपुरबाट हिडेका बर्दियाका ३५ जना मंगलबार बुटवलमा भेटिए। ती सबै निर्माण मजदुर हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> मजदुरहरु भोक– भोकै सयौं किलोमिटर पैदल यात्रामा घर फर्कदै - Sarbocha Media

मजदुरहरु भोक– भोकै सयौं किलोमिटर पैदल यात्रामा घर फर्कदै

`

     २०७७ वैशाख ०४ गते २:३१

बुटवल, ४ बैशाख । लम्बिदो लकडाउनपछि घरसम्म पुग्न सडकमा पैदल निस्कनेहरुको संख्या ह्वात्तै बढेको छ। खाने खर्च सकिएपछि बिभिन्न जिल्लाबाट मजदुरहरु पैदलै घर फर्कीरहेका छन्।

अहिले पूर्वपश्चिम राजमार्गमा दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठान, कैलाली, बैतडी, जुम्लासम्म पुग्ने मजदुरहरु बाक्लै भेटिन्छन्। काभ्रे, काठमाडौं, हेटौडा, चितवन, रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा लगायतका जिल्लाबाट मजदुरहरु धमाधम घर जान निस्केका हुन्।

advertisement

उनीहरु भन्छन् हामीसँग अहिले भोक छ। त्यो पूरा गर्न अभाव छ। यसैले त सयौं किलोमिटरको पैदल यात्रा उनीहरुले तय गरे।

चार दिन अघि काठमाडौं र भक्तपुरबाट हिडेका बर्दियाका ३५ जना मंगलबार बुटवलमा भेटिए। ती सबै निर्माण मजदुर हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?