advertisement

प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

" /> लकडाउनमा काठ तस्करी तीव्र गतिमा - Sarbocha Media

लकडाउनमा काठ तस्करी तीव्र गतिमा

`

     २०७६ चैत्र ३० गते ७:२२

कैलाली, ३० चैत । कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लगाएको लकडाउनमा कैलालीमा काठ तस्करीको तीव्र गतिमा भइरहेको जनाइएको छ।

जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

advertisement

प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?