advertisement

“मकैपछिको मुख्य बाली गहुँ नकाट्ने हो भने अन्न अभाव हुन्छ । बारीमा नजाऔँ भोकमरीको डर, जाऔँ कोरोनाको डर, त्यसैले रोग र भोक दुवैको डर हटाउन बारीमा पनि सुरक्षित हुँदै गहुँ काट्न व्यस्त हुनुपरेको छ”, किसान कमला बोहोराले बताउनुभयो ।

" /> कोरोना सङ्क्रमणबाट बच्न खेतबारीमा सामाजिक दूरी कायम गरेर बाली काट्न सुरु - Sarbocha Media

कोरोना सङ्क्रमणबाट बच्न खेतबारीमा सामाजिक दूरी कायम गरेर बाली काट्न सुरु

`

     २०७६ चैत्र ३० गते ४:५८

दैलेख, ३० चैत । कोरोना सङ्क्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसँगै खेतबारीमा किसानले दूरी कायम गरेर बाली काट्न सुरु गरेका छन् ।

गहुँबाली बारीमै झर्ने अवस्थामा पुगेपछि राकम कर्णालीका किसा गहुँ काट्न व्यस्त छन् । सरकारले लकडाउनको घोषणा गरेसँगै अन्तरपालिका आवतजावतसमेत रोकिएका बेला गहुँ पाकेर खेतमै झर्ने अवस्था आएपछि किसानले सो उपाय अपनाएका छन् ।

दैलेख पश्चिम क्षेत्रमा पर्ने राकम कर्णालीका किसान बाली पाकेर बारीमै झर्नुभन्दा टाढा दूरी कायम गरेरै भए पनि गहुँ काट्न शुरु गरिएको बताउँछन् ।

advertisement

“मकैपछिको मुख्य बाली गहुँ नकाट्ने हो भने अन्न अभाव हुन्छ । बारीमा नजाऔँ भोकमरीको डर, जाऔँ कोरोनाको डर, त्यसैले रोग र भोक दुवैको डर हटाउन बारीमा पनि सुरक्षित हुँदै गहुँ काट्न व्यस्त हुनुपरेको छ”, किसान कमला बोहोराले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?