advertisement

३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> राहतको चामल पूरै कालो र ढुसी परेर कुहिएको - Sarbocha Media

राहतको चामल पूरै कालो र ढुसी परेर कुहिएको

`

     २०७६ चैत्र ३० गते १:०८

बाजुरा, ३० चैत । बडिमालिका नगरपालिकामा खाद्य संस्थानबाट राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको छ।

बडिमालिका नगरपालिका–४ मा बाडेको चामल कुहिएको स्थानीय नरेन्द्र नाथले बताएका छन्। आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बताए छन्।

वितरण गर्दा पुरै कट्टा मिलाएर बाँडेको थियो। घरमा ल्याएर खोलेर बाडौँ भन्दा त पुरै चामल कालो ढुसी परेर कुहिएको डल्ला परेको पाइएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरेका छन्। कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताएको छ। वडिमालिका नगरपालिका–४ मा १ सय ७५ जनालाई चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

advertisement

३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?