advertisement

वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे (सम्पन्न)लाई पारेपछि विवाद चर्किएको छ।

निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीताजस्ता सुत्केरीको घरमा राहत पुगेको छैन। प्रदेश २ मा २५ लाख गरिबको संख्या छ। यो खबर आजको अन्नपुर्णपोस्ट दैनिकमा छ ।

" /> राहतमा धनीले आँखा लगाउँदा ४५ दिनकी सुत्केरी भोकै - Sarbocha Media

राहतमा धनीले आँखा लगाउँदा ४५ दिनकी सुत्केरी भोकै

`

     २०७६ चैत्र २९ गते २:२२

महोत्तरी, २९ चैत । संगीता सादा ४५ दिनकी सुत्केरी हुन्। उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ। तर, उनले नुनरोटी पनि खान पाएकी छैनन्। आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन्।

महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ। सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन।

राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ। गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए।

चैत १६ गते प्रदेश सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराउन गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख उपमहानगरलाई २० लाख, महानगरलाई २५ लाख दिने निर्णय गरेको थियो।

प्रदेश २ को अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रकम पठाइसकेको छ। स्थानीय तहलाई पनि रकम थप्न भनिएको थियो।

advertisement

वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे (सम्पन्न)लाई पारेपछि विवाद चर्किएको छ।

निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीताजस्ता सुत्केरीको घरमा राहत पुगेको छैन। प्रदेश २ मा २५ लाख गरिबको संख्या छ। यो खबर आजको अन्नपुर्णपोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?