advertisement

हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

" /> पोखरामा ७२ वटाको कोरोना परीक्षण नेगेटिभ - Sarbocha Media

पोखरामा ७२ वटाको कोरोना परीक्षण नेगेटिभ

`

     २०७६ चैत्र २६ गते ६:०७

पोखरा, २६ चैत । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ ।

हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताउनुभयो ।

advertisement

हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?