advertisement

सरकाले लकडाउनको अवधिमा अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन प्रतिबन्द लगाएको छ ।

" /> लकडाउन उल्लघंन गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १२ सय ८८ जना प्रहरी नियन्त्रणमा - Sarbocha Media

लकडाउन उल्लघंन गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १२ सय ८८ जना प्रहरी नियन्त्रणमा

`

     २०७६ चैत्र २३ गते ५:५४

काठमाडौं, २३ चैत । कोरोना भाइरस रोकथामका लागि सरकाले गरेको लकडाउन उल्लघंन गर्ने १२ सय ८८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार लक डाउनको १३ औं दिन आज आइतबार विहानसम्म उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ गरिएको छ ।

नियन्त्रणमा लिएकाहरु १ हजार ४० जना पुरुष रहेका छन् भने २ सय ४८ जना महिला रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शनिबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई अझै प्रभाकारी बनाउन एक स्थानीय तहबाट अर्को स्शथानीय तहमा जानसमेत रोक लगाएको छ ।

advertisement

सरकाले लकडाउनको अवधिमा अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन प्रतिबन्द लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?