advertisement

असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पु¥याएको स्थानीय कृषकले दुखेसो गरेका छन् ।

त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयबासीले जानकारी दिनुए। भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पु¥याएको बताइएको छ ।

" /> असिनापानीले तरकारी र फलफूल बालीमा ठूलो क्षति - Sarbocha Media

असिनापानीले तरकारी र फलफूल बालीमा ठूलो क्षति

`

     २०७६ चैत्र २० गते ६:४१

काठमाडौं, २० चैत । पोखरामा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ ।

हिजो दिउँसोको हावा हुरीसहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थानसहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो क्षति पु¥याएको हो ।

advertisement

असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पु¥याएको स्थानीय कृषकले दुखेसो गरेका छन् ।

त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयबासीले जानकारी दिनुए। भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पु¥याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?