advertisement

संक्रमणको जोखिम कम गर्न कम्तीमा एक मिटर दूरी कायम गरौं भन्ने विज्ञको सल्लाह त्यहाँ स्वास्थ्यकर्मीले नै पालना गरेनन् । सबैजना बसको ढोका कतिखेर खुल्छ र भित्र पसेर सिट कब्जा गरौंला भन्ने मुडमा थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> वीर अस्पतालको एउटै गाडीमा ५० जनासम्म कर्मचारी कोचेर ओसारपसार - Sarbocha Media

वीर अस्पतालको एउटै गाडीमा ५० जनासम्म कर्मचारी कोचेर ओसारपसार

`

     २०७६ चैत्र २० गते १:२२

काठमाडौं, १९ चैत । भीड गर्दा कोराना भाइरसको उच्च जोखिम हुन्छ भनिरहँदा वीर अस्पतालले एउटै गाडीमा ५० जनासम्म कर्मचारी कोचेर ओसारपसार गरिरहेको छ । बिरामीको आवतजावत कम हुँदा पनि अस्पतालले सबै कर्मचारीलाई बोलाएर जोखिम बढाइरहेको छ ।

बुधबार दिउँसो तीन बजे वीर अस्पताल पुग्दा बिहानको सिफ्टका कर्मचारी झोला बोकेर घर जान तम्तयार थिए । एकैछिनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सको) बस कर्मचारी लिन मूलगेटतिर आइपुग्यो । सिट पाइँदैन भन्दै कर्मचारी बसको ढोकातिर थुप्रिन थाले ।

advertisement

संक्रमणको जोखिम कम गर्न कम्तीमा एक मिटर दूरी कायम गरौं भन्ने विज्ञको सल्लाह त्यहाँ स्वास्थ्यकर्मीले नै पालना गरेनन् । सबैजना बसको ढोका कतिखेर खुल्छ र भित्र पसेर सिट कब्जा गरौंला भन्ने मुडमा थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?