advertisement

मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।

" /> एम्बुलेन्सको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु - Sarbocha Media

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

`

     २०७६ चैत्र १९ गते १२:४८

सुनसरी, १९ चैत । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

advertisement

मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?