advertisement

खपिनसक्नु भएपछि पीडित संगीता पास्टरलाई कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धाएकी छन्। उनले आफूमाथि कुटपिट गर्ने पास्टर अमाजुलाई कारबाही गर्न माग गर्दै किटानी जाहेरी पनि दिएकी छन्।

तर प्रहरीले भने पिडित निरमाया परियारलाई नियन्त्रणमा लिएको छैन। दुई पक्षलाई राखेर मिलापत्र गराएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए। ‘कोरोना भाइरसको जोखिमका कारण अहिले हामीले सकेसम्म थुनुवा नराख्ने भनेर नियन्त्रणमा लिएका छैनौं’, उनले भने, ‘अहिले अदालत पनि बन्द भएकाले दुई पक्षलाई राखेर अबदेखि यस्ता घटना नगराउने र पछि अदालत खुलेपछि हाजिर गराउने सर्तमा छाडिदिएका छौं।’

" /> बिरामीलाई निको पार्छु भन्दै पास्टरले ७ घण्टासम्म भुत्याउने, कोपर्ने र चिथोर्ने गरेपछि - Sarbocha Media

बिरामीलाई निको पार्छु भन्दै पास्टरले ७ घण्टासम्म भुत्याउने, कोपर्ने र चिथोर्ने गरेपछि

`

     २०७६ चैत्र १८ गते १२:३६

गोरखा, १८ चैत । गोरखामा इशाइ धर्मगुरु (पास्टर)ले बिरामीलाई निर्घात कुटपिट गरेका छन् । गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारले बिरामी संगीता परियारमाथि बिसेक गराउने भन्दै निर्घात कुटपिट गरेकी हुन्।

‘म टाउको दुख्ने, ज्वारो आउने बिरामी भएकी थिएँ। अनि मेरो अमाजु पास्टर थिइन्। म ठिक गरिदिन्छु भनेर भुत्याउने, कुट्ने, कोपर्ने, चिथोर्ने गरिन्’,पीडित संगीताले भनिन्, ‘म त क्रिश्चियन पनि होइन। बिहान छ बजेदेखि कुटेको हो। दिउँसो एकबजेसम्म कुटिन्।’ कुटाइले शरीर थिलोथिलो भएको र शरीरभरि चोटपटक लागेको पीडित परियारले बताइन्।

advertisement

खपिनसक्नु भएपछि पीडित संगीता पास्टरलाई कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धाएकी छन्। उनले आफूमाथि कुटपिट गर्ने पास्टर अमाजुलाई कारबाही गर्न माग गर्दै किटानी जाहेरी पनि दिएकी छन्।

तर प्रहरीले भने पिडित निरमाया परियारलाई नियन्त्रणमा लिएको छैन। दुई पक्षलाई राखेर मिलापत्र गराएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए। ‘कोरोना भाइरसको जोखिमका कारण अहिले हामीले सकेसम्म थुनुवा नराख्ने भनेर नियन्त्रणमा लिएका छैनौं’, उनले भने, ‘अहिले अदालत पनि बन्द भएकाले दुई पक्षलाई राखेर अबदेखि यस्ता घटना नगराउने र पछि अदालत खुलेपछि हाजिर गराउने सर्तमा छाडिदिएका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?