काठमाडौं, १७ चैत । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका एक कर्मचारीको निधन भएको छ ।
कर्मचारी जयबहादुर तामाङको निधन उपचारका क्रममा गए राति भएको जनाइएको छ । तामाङ मिर्गौला रोगबाट पीडित थिए । उनको दुई सातादेखि वीर अस्पतालमा उपचार गरिरहेको थियो। क्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

त्यस्तै नेपाल क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले पनि तामाङको उपचारका लागि रु एक लाख ३३ हजार सहयोग गरेको थियो ।




