advertisement

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जनाको उद्धार गरिएको छ । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

" /> सरकारले देशलाई पूर्णरुपमा लकडाउन गरेपछि पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र - Sarbocha Media

सरकारले देशलाई पूर्णरुपमा लकडाउन गरेपछि पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

`

     २०७६ चैत्र १३ गते २:०६

काठमाडौं, १३ चैत । सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका हुन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटकहरू पदयात्रामा गएका थिए । उनीहरू आउन नसकेको टानले जनाएको छ । ‘खुम्बुलगायत क्षेत्रमा पर्यटक पदयात्रा गएका थिए,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘लकडाउनले सबै रोकिएका छन् ।’ सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको सुवेदीले जानकारी दिए ।

मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ । मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने ।

advertisement

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जनाको उद्धार गरिएको छ । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?