advertisement

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताउनुभयो । “यो सङ्कटको बेला हामीले आफ्नो सुरक्षा आफँैले गर्ने हो”, उहाँले भन्नुभयो । यो खबर आजको गोरखापत्रमा दैनिकमा छ ।

" /> कोरोना सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन थप प्रभावकारी बनाइने - Sarbocha Media

कोरोना सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन थप प्रभावकारी बनाइने

`

     २०७६ चैत्र १३ गते १:५४

काठमाडौँ, चैत १३। सरकारले कोरोना भाइरस अर्थात कोभिड–१९ सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लकडाउन) प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई थप प्रभावकारी बनाउन थालिएको छ ।

कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिनुभयो ।

यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उहाँले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पार्नुभयो । लकडाउनको दोस्रो दिन काठमाडौंँ उपत्यकामा केही उल्लङ्घनका घटना बढेका छन् । आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।

थप सचेतताको तयारी

advertisement

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताउनुभयो । “यो सङ्कटको बेला हामीले आफ्नो सुरक्षा आफँैले गर्ने हो”, उहाँले भन्नुभयो । यो खबर आजको गोरखापत्रमा दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?