तनहुँ, १२ चैत। तनहुँमा भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
तनहुँको भानु नगरपालिका वडा नं १ भन्सारमा बुधबार बिहान करिब ४ बजेतिर भ्यान दुर्घटना भएको हो । किराना पसलका लागि खाद्यान्न सामान दुवानी गरेको भ्यान दुर्घटना भएको बताइएको छ।
बा१५च ४२५४ न।को टाटा भ्यान एक्कासि अनियन्त्रित भई दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । भ्यानमा जम्मा ८ जना सवार रहेका थिए ।जसमध्ये २ जना घाइते भएका छन् भने अरु ६ जना सकुशल रहेको जनाइएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।




