काठमाडौं, ९ चैत । प्रेस काउन्सिल नेपलले सामाजिक सञ्जाललगायत कुनै पनि सञ्चारमाध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्न सबैमा आग्रह गरेकाे छ !
काउन्सिलले आइतबार प्रेस विज्ञप्तिमार्फत् काेराेना भाइरस सङ्क्रमणले विश्वलाई आक्रान्त पारिरहेकाे बेला परिस्थिति भिन्न रहेकाे र यस्ताे बेला सञ्चारमाध्यमकाे जिम्मेवारीअझ बढेको भन्दै नागरिकलाई अनावश्यक प्रचार नगर्न रआग्रह गरेकाे हाे !
विज्ञप्तिमा यदि कहीँ कतै यस्तो हुन गएको देखिएमा/थाहा पाएमा प्रेस काउन्सिलका अधिकृतद्वय दिपक खनाल (९८४१४८५५२९) र रामशरण बोहरा (९८५११११२७२) लाई तुरुन्तै यथार्थ विवरण टिपाउन पनि अनुरोध गरेकाे छ !
काउन्सिलकाे आइतबार बसेकाे बोर्ड बैठकले तत्काल परिणाम दिने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ !





