advertisement

काठमाडौं महानगरपालिकामा सफल मेयरको भूमिका निर्वाह गरिसकेका स्थापितले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध भएर मुलुकको विकास र योजना निर्माणमा योगदान पु¥याएका छन् । उनीले विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर युवालाई जागरुक र उत्प्रेरित गरिरहेका छन् । गाउँदेखि सहरको विकास र योजना निर्माणमा कुशल मानिने उनी नयाँ–नयाँ योजना बुन्न सिपालु छन् । यो खबर राजधानी दैनिकमा छ ।

" /> लखपतिबाट करोडपति बनाउने व्यवसाय भनेको नै गाँजा खेती - Sarbocha Media

लखपतिबाट करोडपति बनाउने व्यवसाय भनेको नै गाँजा खेती

`

     २०७६ चैत्र ०९ गते ३:५६

काठमाडौं, ९ चैत । मुलुकमा गाँजा खेतीबारे बहस चलिरहेको छ । संघीय संसद्मा गाँजा खेतीसम्बन्धी विधेयक दर्ता भइसकेको छ । बाग्मती प्रदेशमा पनि विधेयक दर्ता भइसकेको छ । संघ र प्रदेशमा दर्ता भइसकेको विधेयक गैरसरकारी विधेयकका रूपमा दर्ता भएको हो । यसैगरी, मुलुकका सातै प्रदेशमा विधेयक दर्ता गर्ने अभियान सुरु भएको छ । मुलुकमा गाँजा खेतीबाट जनतालाई सम्पन्न बनाउन सकिने धारणा ल्याइएको छ ।

सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक बनाउन गाँजा खेती गर्नुपर्ने आवाज उठिरहेको छ । मुलुकमा सबै जनतालाई लखपतिबाट करोडपति बनाउने व्यवसाय भनेको नै गाँजा खेती रहेको बाग्मती प्रदेशसभाका सांसद केशव स्थापित बताउँछन् । उनी बाग्मती प्रदेशको पूर्वाधारमन्त्री समेत भइसकेका छन् ।

advertisement

काठमाडौं महानगरपालिकामा सफल मेयरको भूमिका निर्वाह गरिसकेका स्थापितले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध भएर मुलुकको विकास र योजना निर्माणमा योगदान पु¥याएका छन् । उनीले विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर युवालाई जागरुक र उत्प्रेरित गरिरहेका छन् । गाउँदेखि सहरको विकास र योजना निर्माणमा कुशल मानिने उनी नयाँ–नयाँ योजना बुन्न सिपालु छन् । यो खबर राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?