advertisement

रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह पनि गरेको छ । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।

स्पेनमा हालसम्म कोरोनाबाट २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् ।

" /> कोरोनाबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गयाे - Sarbocha Media

कोरोनाबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गयाे

`

     २०७६ चैत्र ०९ गते २:२२

एजेन्सी, ९ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

७६ वर्षीय लोरेन्जको सान्जको शनिबार मृत्यु भएको पुष्टि भएको जनाइएको छ । लोरेन्जोका छोरा फर्नान्डो सान्जले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका हुन् ।

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित रहेको विज्ञप्तीमा उल्लेख छ ।

advertisement

रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह पनि गरेको छ । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।

स्पेनमा हालसम्म कोरोनाबाट २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?