advertisement

चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

" /> नेपाललाई सहयोग गर्दै भारत र चीन - Sarbocha Media

नेपाललाई सहयोग गर्दै भारत र चीन

`

     २०७६ चैत्र ०८ गते २:४५

काठमाडौं, ८ चैत । भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।

advertisement

चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?