advertisement

सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> हात राम्ररी नधोएसम्म पैसा लिन्नँ : पसल सञ्चालक - Sarbocha Media

हात राम्ररी नधोएसम्म पैसा लिन्नँ : पसल सञ्चालक

`

     २०७६ चैत्र ०८ गते २:१२

संखुवासभा, ८ चैत । खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ ।

पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।

सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । खाँदबारीमा करिब तीन दर्जन व्यापारीले पसलअगाडि बरालले जस्तै व्यवस्था मिलाएका छन् । सामान किन्न पुगेकी मेनुका विकले यस्तो व्यवस्थाले ढुक्क भएको बताइन् । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भनिन्, ‘हात धोएर सामान लिँदा ढुक्क लाग्छ ।’

advertisement

सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?