advertisement

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रज सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।

" /> आजको राशिफल : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न - Sarbocha Media

आजको राशिफल : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न

`

     २०७६ चैत्र ०८ गते १:००

वि.सं.२०७६ साल चैत्र ०८। शनिबार । ईश्वी सन् २०२० मार्च २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– द्वादशी,०७ घडी १५ पला,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– धनिष्ठा,३५ घडी ५६ पला,बेलुकी ०८ बजेर ३१ मिनेट उप्रान्त शतभिषा । योग– सिद्ध,१८ घडी २७ पला,दिउसो ०१ बजेर ३१ मिनेट उप्रान्त साध्य । करण– तैतिल,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ४२ मिनेट उप्रान्त वणिज ।आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान २९ घडी १५ पला । शनिप्रदोषव्रत । देउपाटनमा देशोद्धारपूजा । महावारुणीयोग । अन्तर्राष्ट्र्यि जातीय उत्पीडन विरुद्धको दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पूरा गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : पूराना समस्याहरु समाधान गरी आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरि तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साथिभाई तथा छिमेकमा असमज्दारी बढ्नेछ । धार्मिक क्षत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा अविश्वास बढ्ने तथा जीवन साथि सँग मनमुटाब बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आफन्त तथा दिदिबहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानि गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरु सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानि हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कुटुम्ब तथा आफन्त सँग मनमुटाब बढ्ने तथा बिवाद सिर्जना हुनेछ ।

advertisement

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रज सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?