काठमाडौं, ६ चैत्र । कोरोना भाइरसको संक्रमणको त्रासले लोकसेवा आयोगले चैत ८ गतेदेखि चैत मसान्तसम्मका सबै परीक्षा स्थगित गरेको छ। आयोगले अर्को सूचना जारी नभएसम्मका लागि लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित भएको उपसचिव एकनारायण शर्माले सूचनामार्फत जनाएका छन्।
कोरोनाको त्रासकै कारणले सरकारले बुधबार एसईई र सबै विश्वविद्यालयले लिने परीक्षा स्थगित गरिसकेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेसगैँ विद्यालय र कलेज समेत बन्द गर्ने निर्णय गरेको थियो।





