सर्लाही, ५ चैत । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
कविलासी नगरपालिका–६, जमुनियामा टिपरको ठक्करबाट २५ वर्षीय जयपाल रामको ज्यान गएको हो । कौडेना गाउँपालिका–३, का राम मङ्गलवार दिउँसो बा ४ ख २०८३ नं. को टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइत रामको उपचारका क्रममा मङ्गलवार राती नै नेपाल इन्डो अस्पताल वीरगञ्जमा ज्यान गएको जनाइएको छ ।




